नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8899 · वि.सं. २०६९

नि.नं. 8899 — परमादेश समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कम्पनी ऐन, २०२१ अनुरूप प्रत्यायोजित विधायनअन्तर्गत जनकपुर चुरोट कारखाना लिमिटेडको नियमावली जारी भएको र सो नियमावलीबमोजिम सञ्चालक समितिले वनाएको नियम नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि मात्र लागू हुने भन्ने व्यवस्था रहेबाट जनकपुर चुरोट कारखाना लिमिटेडको नियमावली र जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०५६ को हैसियत समान हुने । (प्रकरण नं.३) § जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली कम्पनी ऐन, २०२१ को दफा १२ द्वारा प्रत्यायोजित विधायनअन्तर्गत नेपाल सरकारले बनाएको नियमावली भन्ने देखिएको हुँदा उक्त नियमावली नेपाल कानूनको परिभाषाअन्तर्गत पर्ने देखिएकोले सो नियमावलीद्वारा व्यवस्थित हक अधिकारको प्रचलनको लागि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन दिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.४) § कारखाना र बीमा संस्थानवीच भएको सम्झौताअनुसार बीमा संस्थानले त्यस्तो बीमा हरेक बर्षको अप्रिल १४ तारिख (प्रायः बैशाख १ गते) देखि मात्र पुनारम्भ गर्ने गरेको देखिएको र निवेदकको वढुवा भई तलव बृद्धि भएको मिति र अवकाश मितिको अवधिभित्र १४ अप्रिल (बैशाख १) परेको नदेखिएको हुँदा बीमा संस्थानको नियमअनुसार निवेदकले दावीबमोजिमको बीमा रकम भुक्तानी पाउने अवस्था देखिन नआउने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8899
मुद्दाको विषयपरमादेश समेत ।
निर्णय वर्ष / मिति2069/06/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६७-WF-००१०
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8899
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्