नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8895 · वि.सं. २०६९
नि.नं. 8895 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सर्वोच्च अदालतले आफूले गरेको फैसला वा अन्तिम आदेशलाई निश्चित् अवस्था र शर्तमा आफैंले जाँच्ने प्रक्रियाका रूपमा रहेको पुनरालोकनलाई तल्लो अदालतको फैसलामा भएको त्रुटि सच्याउने प्रक्रियासँग तुलना गरेर हेर्न नमिल्ने । (प्रकरण नं.४) § पुनरालोकनको निवेदनका सम्बन्धमा फैसला गर्ने इजलासले नै हेर्ने गरी भएको साविकको कानूनी व्यवस्थालाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(४) ले परिवर्तन गरेको परिप्रेक्ष्यमा संविधानको सोही व्यवस्थालाई कार्यान्वयन गर्नकै लागि सर्वोच्च अदालत नियमावली, २०४९ मा हालको कानूनी व्यवस्था गरिएको हुँदा पुनरालोकन गर्दा पहिला फैसला गर्दाका न्यायाधीश बाहेक अन्य न्यायाधीशले गर्नेछन् भन्ने संवैधानिक व्यवस्थाले पुनरालोकनको निस्सा दिएपछि सो बाहेकका न्यायाधीश समक्ष पेश गर्ने भन्ने अर्थ नदिने । (प्रकरण नं.५) § संविधानले नै पहिले फैसला गर्ने न्यायाधीश बाहेकका न्यायाधीशबाट पुनरालोकनको निवेदन सुन्ने व्यवस्था गरेको परिप्रेक्ष्यमा उक्त संवैधानिक व्यवस्थासँग सामञ्जस्य कायम गर्नकै लागि सर्वोच्च अदालत नियमावलीमा संशोधनद्वारा राखिएको व्यवस्थालाई संविधानसँग बाझिएको भन्ने निवेदन जिकीर स्वयंमा बिरोधाभाषपूर्ण र असान्दर्भिक हुने । (प्रकरण नं.६) § कुनै पनि कानूनी व्यवस्थाको व्याख्या गर्दा कुनै शब्द विशेषलाई मात्र हेरेर हुँदैन, सोसँग सम्बन्धित समग्र कानूनी व्यवस्था र त्यस्तो कानूनी व्यवस्था गरिँदाको परिवेशलाई पनि हेरिनु पर्दछ । सो कानून कुन परिवेशमा ल्याइएको हो र त्यसका मार्फतबाट के कस्तो उद्देश्य हासिल गर्न खोजिएको हो भन्ने कुराको खोजी गर्नु नै कानून व्याख्याको उद्देश्य हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8895 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2069/01/28 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | २०६८-WS-००३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8895 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
