नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8890 · वि.सं. २०६९

नि.नं. 8890 — बणडापत्र जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नाताको प्रश्नमा विवाद भएपछि कुनै लिखतवाट नाता लोप हुन्छ भने त्यो निरन्तरको दूषित कार्य हुन्छ । अंशको हक कानूनले व्यवस्था गरेको जन्मसंग आएको हक हुनाले त्यस्तो हक मेट्न वा कुनै लिखत कुन मितिमा खडा भएको भन्ने कुराले हदम्यादको प्रश्न उठाई अंश हक नै लोप गर्न दिन नमिल्ने । § अंशियार देखिन्छ भने अंशियारले आफ्नो अंश बुझेको वा सो हक विधिवत् परित्याग गरेको अवस्थामा वाहेक निरन्तर कायम रहने विषय भएकोले अन्य अन्य व्यक्ति भई गरेको लिखतबाट अंशियारको हकमा कुनै अनुचित सीमा शर्त सिर्जना भएको वा हक गुमेको भन्न मिल्ने देखिदैन । त्यस्तो दूषित कार्य गरेको लिखत थाहा पाएपछि फिराद गर्न पाउने हदम्याद प्राप्त हुने । § बण्डापत्रमा अंशियार लोप गरेपनि अंश पाउन वाँकी रहेका अंशियार समेतको कानूनबमोजिम अंश हक लाग्ने सम्पत्तिमा निजको हक नै पूर्ण रूपमा मेट्ने उद्देश्य लिई दूषित मनसायले अंशियार लोप गरी गरेको त्यस्तो बण्डापत्रवाट अंश लिनुदिनु गरेको कार्य जालसाजीको परिभाषाभित्र पर्ने । § अंश पाउने व्यक्तिलाई नै लोप गरी अंश जस्तो हकवाट पूर्ण रूपमा वञ्चित गराई अंशहक मेट्ने कार्य गरी गरेको त्यस्तो दूषित बण्डापत्र गरेको थाहा पाएपछि असर पर्ने पक्षले मुद्दा गर्न पाउने नै हुँदा हदम्यादको अभावमा फिराद दायर भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § जालसाजी कार्य गरी गरेको दूषित बण्डपत्रवाट नाता नै लोप हुन्छ । त्यस्तो दूषित कार्यको विरुद्धमा थाहा पाएपछि हदम्याद प्राप्त हुने भै असर पर्ने पक्षले मुद्दा गर्न कुनै कानूनले वन्देज नलगाएको यस स्थितिमा मुद्दा गर्न सक्ने र त्यस्तो दूषित बण्डापत्र वदर गरी सो जालसाजी कार्यमा संलग्नलाई सजाय समेत हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8890
मुद्दाको विषयबणडापत्र जालसाज
निर्णय वर्ष / मिति2069/02/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६८-CR-०१५०
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8890
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्