नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8887 · वि.सं. २०६९
नि.नं. 8887 — लिखत बदर दर्ता बदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै जग्गाको विषयमा लिखत बदर मुद्दा र जालसाजी मुद्दा दायर भई लगाउमा रहेको अवस्थामा दुवै मुद्दाहरूलाई निरपेक्षरूपमा छुट्याएर बिलकुलै भिन्नभिन्न रूपमा हेर्न मिल्ने हुँदैन । लिखत बदर मुद्दा र जालसाजी मुद्दाको प्रकृति र प्रयोजन केही हदसम्म छुट्टाछुट्टै हुने भए तापनि दुवै मुद्दाहरू एउटै कार्य कारण वा जरियाबाट खडा भएका हुँदा दुवै मुद्दाहरू परस्पर सम्बन्धित र अन्तरप्रभावी हुने । § लगाउमा रहेको कुनै मुद्दामा मुद्दाको तथ्यको आधारमा लिखत बदर हुनु र जालसाजी नठहर्नु स्वाभाविक र अर्थपूर्ण नै हुनसक्ने हुन्छ । तर कुनै मुद्दामा जालसाजी ठहर्नु तर लिखत चाहिँ बदर नहुनु प्रयोजनहीन र निरर्थक हुनजाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8887 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2069/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8887 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
