नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8885 · वि.सं. २०६९
नि.नं. 8885 — निर्णय बदर समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो हक नै नपुग्ने सम्पत्ति आफ्नो हो भनी दर्ता गराउँदैमा स्वतः हक प्राप्त हुने हुँदैन । आफ्नो हक टुटिसकेको वा हकै नभएको सम्पत्तिलाई अवाञ्छित वा गैरकानूनी तवरबाट दर्ता गराउनु दूषित दर्ता हुने । (प्रकरण न..६) § दूषित दर्ता मुद्दाको रोहमा देखिने कुरा हो । यो यो क्रिया दूषित दर्ता हुन्छ, त्यस्तो दूषित दर्ता बदर गराउन यो यस्तो कार्यविधि अवलम्बन गर्नुपर्दछ भन्ने छुट्टै व्यवस्था कानूनमा निर्धारण भएको नदेखिने । § दूषित दर्ताको सिद्धान्त, न्यायसम्पादनको सिलसिलामा कसैले अवाञ्छित, अनैतिक वा गैरकानूनी तवरबाट जालसाज वा फट्याइँ गरी आफ्नो हक टुटेको वा आफ्नो हकै नपुग्ने अर्काको हकको जग्गा वा सार्वजनिक जग्गालाई दर्ता गराई बसेको देखिएमा त्यस्तो अवाञ्छित दुष्प्रयासलाई शून्यमा परिणत गरी हक पुग्ने व्यक्तिहरूको हक तथा सार्वजनिक सम्पत्तिको रक्षा गरी कानूनको शासनलाई सम्मान गर्ने उद्देश्यले अदालत आफैंले विकास गरेको एक समन्यायिक सिद्धान्त भएकाले यस्ता अवाञ्छित कार्यहरूलाई सहन वा प्रोत्साहन गर्ने कुरा नहुने । § दूषित दर्ता भनी वादीले नै दावी लिनुपर्दछ भन्न मिल्दैन । अपितु न्यायिक निरोपणको क्रममा दर्ता दूषित रहेको देखिनु नै त्यस्तो दर्ता बदर वा निष्क्रिय गर्नका लागि पर्याप्त आधार बन्ने । (प्रकरण न..७) § एकपटक बिक्री गरिदिएको जग्गा फेरि आफ्नै नाममा दर्ता गराएको क्रियालाई दूषित दर्ता होइन भन्न नमिल्ने । (प्रकरण न..८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8885 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर समेत |
| निर्णय वर्ष / मिति | 2069/03/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माले छुट्टै राय व्यक्त गर्नुभएकोले सर्व | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माको फरक रायसहित यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।१।२८ मा भएको निर्णय | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माको राय सदर हुनुपर्दछ भनी बहस गर्नुभयो | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माको रायसँग सहमत हुन सकिएन |
| मुद्दा नं. | ०६७-DF-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8885 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
