नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8884 · वि.सं. २०६९

नि.नं. 8884 — नापी दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ थाहा पाएको कुराको निर्धारण दर्ता बदरको दावी लिने पक्षको अनुकूलता वा सुविधाअनुसार हुने नभई सो कुरा प्रत्येक मुद्दाको तथ्य, सम्बन्धित पक्ष वा व्यक्तिले सो दर्ताको तथ्य थाहा पाउन सक्ने घटना, अवस्था र परिस्थितिको विद्यमानताबाट हुने कुरा हो । त्यसैले जग्गा पजनीको १७ नं. बमोजिम कुनै जग्गाको दर्ता बदर तर्फ नालिस गर्ने प्रयोजनको लागि वादी या दावीकर्ताले यो यस परिस्थिति र अवस्थाले यस मितिमा सो कुरा थाहा पाएको भन्ने तथ्यलाई प्रथमतः आधार प्रमाणसहित स्थापित गर्न सक्नुपर्ने । § आफ्नो सुविधा र अनुकूलताअनुसार कुनै अमुक मितिमा सम्बन्धित लिखतको नक्कल सारी थाहा पाएको भन्ने देखाई जग्गा पजनीको १७ नं. को हदम्याद समाई जहिलेसुकै पनि दर्ता बदरको दावी लिन नपाइने । (प्रकरण नं.४) § थाहा पाएर पनि निर्धारित समयावधिभित्र कानूनी उपचारप्रति उदासीन रहने व्यक्तिलाई आफूखुशी वा काल्पनिक घटनाक्रम देखाई जहिलेसुकै अदालत प्रवेश गर्न वा नालिस गर्न दिने व्यवस्था भने होइन । त्यसैले अदालतले आफूसमक्ष पेश भएको विवादको विषयवस्तुको निरोपण गर्नुभन्दा अगाडि सो विवाद कानूनद्वारा निर्धारित समयसीमा वा हदम्यादभित्र आफूसमक्ष प्रस्तुत गरिएको छ, छैन भन्ने प्राथमिक प्रश्नको निरोपण गर्नुपर्ने । § कानूनको परिधि वा हदम्यादभन्दा बाहिर गई वा हदम्यादविहीन अवस्थामा अदालत प्रवेश गराइएको विवादमा अदालतले अन्य तथ्यभित्र प्रवेश गरी विवादित प्रश्नहरूको निरोपण गर्नुपर्ने अवस्था नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8884
मुद्दाको विषयनापी दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2069/02/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिरअली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीको राय | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवले व्यक्त गर्नु भएको राय कायम हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीको राय कायम रहनु पर्छ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गर्नु भएको राय मनासिव देखिँदा सोही राय कायम हुन्छ
मुद्दा नं.२०६८-DF-००१६
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8884
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्