नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8882 · वि.सं. २०६९
नि.नं. 8882 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुटपीट गरेको भनी स्वीकार गरेको अवस्थामा घा जाँच भएन भनेर कुटपीट नभएको अर्थ गर्नु अनुचित र आग्रहयुक्त हुने । (प्रकरण नं.३) § स्पष्टीकरण सोध्दा कानूनको दफाकै उल्लेखन आवश्यक पर्दैन । कानूनमा भएको व्यहोराको उल्लेखन भएमा सो दफा लेखिए सरहकै अवस्था मान्नु पर्ने । § कानूनद्वारा निषेधित कार्य गर्ने छूट कसैलाई हुँदैन । सम्बन्धित श्रमिक कर्मचारीले आरोपित कार्य गर्यो गरेन र गरेको भए विधिसम्मत् प्रक्रियाअनुसार कारवाहीको उठान भए भएनन् र कानूनले तोकेको सजाय भयो वा भएन न्यायिक अधिकारीले हेर्नुपर्ने । (प्रकरण नं.६) § आफैले कुटपीट गरेको भनी लगाएको आरोप स्वीकार गरेको र कुटपीट गरेको तथ्य प्रमाणित भई कुटपीटको कार्य श्रम ऐन, २०४८ को दफा ५१(क) को दायरा (Ambit) भित्र पर्ने अवस्थामा व्यवस्थापकले त्यस्तो कर्मचारीलाई सेवाबाट हटाउनु पूर्व सोधिएको स्पष्टीकरणमा श्रम ऐन, २०४८ को दफा ५१ को खण्ड (क) को कसूर गरी खराब आचरण गरेको भन्ने सो दफामा उल्लिखित शब्द जस्ताको तस्तै स्पष्टीकरणमा उल्लेख नगरिएको र दफा ५३(१) बमोजिम अभियोग र सजाय नकिटिएको भन्न न्यायोचित् र विवेकसम्मत नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8882 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2069/05/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६८-WO-०४१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8882 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
