नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8875 · वि.सं. २०६९
नि.नं. 8875 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो राजीनामा स्वच्छ नियतले फिर्ता लिएको वा रद्ध गरेको वा सो गर्ने प्रयास नगरेको अवस्थामा सो राजीनामा यथास्थितिमा रहिरहेकोले जुनसुकै बेलापनि स्वीकृत हुन सक्ने । § राजीनामा दिएको केही निश्चित् अवधिभित्र राजीनामा स्वीकृत गर्नुपर्ने र नगरेमा सो राजीनामा आफैँ अस्तित्वहीन हुने अवस्था नभएकाले स्वीकृत गर्नुपर्ने कुनै निश्चित् मितिको किटान वा समयसीमाको निर्धारण नभएकोले व्यवस्थापनको इच्छानुसार जहिले पनि स्वीकृत गर्न मिल्ने । (प्रकरण नं.९) § स्वदेशको ध्वजावाहक एयरलाइन्सको स्थायी पाइलट (क्याप्टेन) ले लुकेर विदेशको एयरलाइन्समा सेवा दिनु, त्यहाँ काम गर्नु निजको पदीय आचरण र नैतिकता विपरीतको कार्य हो । नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली, २०५८ को पनि विपरीत हो । यस्तो गैरकानूनी काम गर्नेले संविधानबमोजिमको मौलिक हकको प्रचलनको दावी गर्नु कानून र समन्यायलगायत कुनै पनि मापदण्डबाट तर्कसंगत र औचित्यपूर्ण नहुने भएकाले यस्तो गलत प्रवृत्तिलाई न्यायिक संरक्षणबाट प्रोत्साहित गर्न नमिल्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8875 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2069/04/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | २०६५-WO-०५७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8875 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
