नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8874 · वि.सं. २०६९

नि.नं. 8874 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दोहोरो खतराको सिद्धान्तले मूलतः उही व्यक्तिका विरुद्धमा उही कसूरमा पहिले नै कारवाही भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थालाई ईंगित गर्दछ । यस आधारमा यो सिद्धान्त पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । यो सिद्धान्त आकर्षित हुनका लागि मुख्य रुपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छ समेत हुनुपर्ने । (प्रकरण नं.७) § अमुक कानूनी सिद्धान्तलाई आड बनाएर आपराधिक क्रिया गर्ने वा त्यस्तो क्रियामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने सोच आफैंमा कपटपूर्ण हुने । § आफू संलग्न आपराधिक क्रियाको यथार्थ बोध नगरी केबल अमुक कानूनी सिद्धान्तको आड लिएर आफ्नो दूषित मनसायअनुसारको क्रिया गर्ने प्रवृत्ति फौजदारी न्याय व्यवस्थाका लागि चुनौतीका रुपमा रहेको हुन्छ । त्यसैले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु पनि फौजदारी कानूनको उद्देश्य रहने । (प्रकरण नं.८) § दुबै मुद्दामा पीडित पक्ष फरक फरक रहेका छन् भने भ्रष्टाचार र ठगी मुद्दामा अपराधको प्रकृति र गम्भीरता, त्यसमा हुने सजाय र बिगो, पीडित पक्षलाई प्रदान गरिने उपचारमा पनि फरक फरक अवस्थाको विद्यमानता रहेको छ । दुबै मुद्दा सरकारवादी भै चल्ने भए पनि भ्रष्टाचार मुद्दामा भ्रष्टाचार निवारणसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुन्छ भने ठगी मुद्दा, मुलुकी ऐन, ठगीको महलअन्तर्गत पर्ने । § दुई छुट्टाछुट्टै कानूनद्वारा परिभाषित अपराधअन्तर्गत पर्ने कसूरका हकमा ती छुट्टछुट्टै कानूनद्वारा तोकिएबमोजिम मुद्दा परिचालित हुने अवस्था भएमा दोहोरो खतराको सिद्धान्त लागू नहुने । § एउटै तथ्यबाट एक भन्दा बढी कसूर हुन सक्दछन् । यसरी समग्र तथ्य र सम्बद्ध कानूनी व्यवस्था र त्यसले प्रदान गर्ने उपचारको व्यवस्था समेतका आधारमा फरक फरक अवस्थालाई प्रतिनिधित्व गरेबाट भ्रष्टाचार मुद्दा र ठगी मुद्दालाई एउटै विषय मान्न नमिल्ने । (प्रकरण नं.१०) · कसैले कानूनद्वारा निषिद्ध आपराधिक कार्य गरेको अवस्थामा त्यस्तो कार्यलाई अलग–अलग कानूनले अलग–अलग अपराध मान्दछ भने त्यसलाई एउटै कसूर मानेर एउटा मात्र कानूनअन्तर्गत कारवाही गर्नुपर्ने भनी सीमित तुल्याउन नमिल्ने । (प्रकरण नं.११) · भ्रष्टाचार मुद्दा र ठगी मुद्दामा उनै व्यक्तिहरू संलग्न रहेको र प्रतिवादी कायम गरिएको भए पनि उनीहरूले फरक फरक हैसियतबाट आपराधिक कार्य गरेको देखिएको अवस्थामा बिगोको हकमा भने ठगीको घटनाबाट पीडित भएका व्यक्तिलाई पुगेको हानि र भ्रष्टाचार मुद्दामा भ्रष्टाचारजन्य क्रिया गरिएको भनिएको अङ्क एउटै भएकाले त्यसलाई दुबै मुद्दामा बिगोको रुपमा कायम गर्न मनासिव नहुने । (प्रकरण नं.१३) · भ्रष्टाचारको कसूरमा बिगो समेतको दावी लिई अभियोग दायर भएको अवस्थामा जरीवानाको सजायसम्म हुने ठहराई बिगोको हकमा ठगी मुद्दाको फैसलाबमोजिम हुने भनी भएको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१४) · मौकामा र अदालतमा समेत उपस्थित भै एउटा व्यहोराको वयान दिने, सो वयान व्यहोरालाई कानूनी प्रक्रियाबाटै अन्यथा हो भनी पुष्टि नगरी सामान्य निवेदन प्रेषित गरेर आफ्नो पूर्व वयान व्यहोरालाई अन्यथा भनी उल्लेख गर्दैमा त्यस्तो पछिल्लो अभिव्यक्तिले प्रामाणिक महत्व ग्रहण गर्न नसकिने । (प्रकरण नं.२४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8874
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2069/05/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६८-CF-०००९
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8874
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्