नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8870 · वि.सं. २०६९
नि.नं. 8870 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतबाट भएको फैसला त्रुटिपूर्ण भए वा चित्त नवुझे कानूनद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुद्दाका पक्षहरूद्वारा नै बदर गराउन सक्नुपर्छ । त्यसरी बदर गराउन नसकेमा त्यस्तो अन्तिम फैसला जे जस्तो भए पनि पक्षहरू लगायत सबैलाई कानून सरह लागू हुने । (प्रकरण नं.७) § वादी वाहेक अन्य निकाय वा व्यक्तिले हक कायम गर्न अ.बं. ८६ नं.को कानूनी व्यवस्थाले मिल्ने देखिदैन । उक्त कानूनी व्यवस्थाअनुसार वादीले आफ्नो हकसम्म कायम गराई माग्ने हो । अन्य कसैको हक कायम गराई माग्ने हकदैया निजमा रहेको नहुने । (प्रकरण नं.१०) § केही अपवाद वाहेक सामान्यतया सम्पत्तिको स्वामित्वसम्बन्धी अधिकार (Proprietary Right) मात्र उत्तराधिकारबाट प्राप्त हुन सक्छ । कुनै व्यक्तिको मृत्यु हुँदा पनि उसका केही अधिकारहरू जीवित रहन्छन र यस्ता जीवित अधिकारहरू उसका उत्तराधिकारीहरूमा सर्दछन । तर, मृतकका केही अधिकारहरू उसको मृत्युको साथसाथै समाप्त हुने हुनाले यस्ता अधिकारहरू निजका उत्तराधिकारीहरूमा सर्न नसक्ने । § व्यक्तिको स्वामित्वमा रहेको घर सरकारी खर्चमा मर्मत गरी खसी वेच्ने भारतीय मुसलमानहरूलाई निजहरू बसेसम्म भाडा नलिने भन्नेसम्म सनद भएको र यस्ता मुसलमानहरूका सन्तान दरसन्तानलाई समेत यो व्यवस्था लागू हुने भन्ने व्यहोरा सो सनदमा उल्लेख भएको नदेखिँदा सोही सनदका आधारमा सो घरको भोगाधिकार उत्तराधिकारीको रुपमा प्राप्त हुनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8870 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2069/03/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६८-DF-०००४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8870 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
