नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8869 · वि.सं. २०६९
नि.नं. 8869 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वकसपत्रको लिखतमा दाताले उल्लेख गरेको व्यहोरालाई अन्यथा प्रमाणित नभएसम्म स्वाभाविक हो भन्ने कुरा अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.५) § अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले नजिकको हकदार, इष्टमित्र वा माइती मावलीपट्टिका व्यक्तिलाई मात्र सीमित नगरी उल्लिखित व्यक्ति वाहेक जोसुकै व्यक्तिलाई पनि जनाउने देखिन्छ । यसरी अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले जो कोही समेत सम्झन मिल्ने हुँदा उक्त १८ नं. मा भएको व्यवस्थालाई संकुचित व्याख्या गर्नु न्यायोचित् नदेखिने । (प्रकरण नं.६) § लिखतको व्यहोराबाटै लिखतबमोजिम पाउने व्यक्तिले निजी तवरबाट प्राप्त गरेको भन्ने देखिन आएको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो व्यहोरालाई असत्य मानी थैली हालेर नै खरीद गरेको भनी अनुमान गर्नु कानूनसंगत एवं न्यायोचित् नदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8869 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2069/04/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह र माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको र सो जग्गा वण्डा नलाग्ने भन्ने माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीको अलग |
| मुद्दा नं. | २०६८-DF-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8869 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
