नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8867 · वि.सं. २०६९

नि.नं. 8867 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुनसुकै परीक्षामा परीक्षार्थीले पालन गर्नुपर्ने केही अनिवार्य शर्त, मर्यादा र नियम रहेका हुन्छन् । परीक्षासम्बन्धी शर्त, मर्यादा र नियमको पालना भएन भने परीक्षाको शुद्घता र निष्पक्षता रहन नसक्ने । § परीक्षा भवनमा निषेधित वस्तु लैजाने, उत्तरपुस्तिका नबुझाई बाहिर लैजाने, हो–हल्ला गर्ने जस्ता कार्य परीक्षासम्बन्धी अनियमित कार्य मान्नुपर्ने हुँदा परीक्षा भवनमा उत्तरपुस्तिका नबुझाई बाहिर लैजाने कार्यलाई परीक्षासम्बन्धी अनियमित कार्य नमान्ने हो भने परीक्षाको शुद्घता, मर्यादा, निष्पक्षता कायम रहन नसक्ने । (प्रकरण नं.४) § परीक्षामा अनियमितता गरेको तथ्य निर्विवाद रूपमा पुष्टि भैसकेको अवस्थामा त्यस्तो विषयमा परीक्षार्थीलाई थप सुनुवाइको मौका दिई रहनुपर्ने अवस्था नरहने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8867
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2068/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री भरतराज उपे्रती
मुद्दा नं.२०६८-WO-०४०४
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8867
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्