नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8861 · वि.सं. २०६९

नि.नं. 8861 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लिलामको प्रक्रिया पूर्ण रुपमा सम्पन्न नभै सो प्रक्रिया अपरिपक्व (Premature) रहेको अवस्थामा दावीको सम्पत्तिमा कानूनी हक सिर्जना भएको मान्न नमिल्ने । (प्रकरण नं.५) · लिलामी प्रक्रिया समाप्त नभएसम्म सो प्रक्रिया जुनसुकै चरणमा रहे पनि जहिलेसुकै आफ्नो ऋण तिरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्ने वा सम्पत्ति फिर्ता लिने प्राथमिक अधिकार ऋणीमै रहने । § बोलपत्र दाताले पूरा रकम दाखिल गरी चलनपूर्जी प्राप्त गरिसकेको अवस्थामा मात्र लिलामी प्रक्रिया समाप्त भएको मान्नुपर्ने हुन्छ । सो अवस्था नआउँदै ऋणीले ऋण तिरिसकेको र सो हिसाब राफसाफ गरी मिलापत्रबापत ऋणीबाट दस्तूर बुझिसकेको अवस्थामा ऋणीले ऋण तिर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं.७) · अदालतमा प्रवेश गर्दाको समयमा स्थापित भैसकेको कानूनी हकको प्रचलनका लागि अन्य उपाय नभए वा अन्य प्रभावकारी उपाय नभएमा मात्र यस अदालतले असाधारण अधिकारक्षेत्रको प्रयोग गरी आदेश जारी गर्नुपर्ने हो । अनिश्चित, सम्भावित, विवादित वा अस्पष्ट हकहितको सम्बन्धमा असाधारण अधिकार प्रयोग गरी आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8861
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2069/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६५-WO-०२१४
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8861
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्