नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8853 · वि.सं. २०६९

नि.नं. 8853 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फौजदारी अपराधमा जरियाको सिद्धान्त (Doctrine of Causation) अनुसार फौजदारी दायित्व वहन गराउनका लागि फौजदारी कानूनले निषेध गरेको परिणाम कसको कार्यबाट उत्पन्न भएको हो भन्ने कुरा महत्वपूर्ण हुने । § कार्य र परिणामको अवधि लामो अन्तरालयुक्त भएको अवस्थामा तेस्रो पक्षको कुनै कार्य वा मृतकको अनपेक्षित व्यवहार वा अन्य कुनै कारणले निषेधित परिणाम ल्याउनमा योगदान गरेको अवस्थामा त्यस्तो परिणामको लागि पहिलो जिम्मेवार मानिएको प्रतिवादीको फौजदारी दायित्व निर्धारण गर्नु न्याय निरोपण गर्ने निकायको अत्यन्त महत्वपूर्ण र जटिल दायित्व बन्न पुग्ने । (प्रकरण नं.६) § टाउकाको हड्डी फुटेको र सोही चोटबाट थला परी मृत्यु भएको प्रमाणित भइरहेको अवस्थामा ज्यान सम्बन्धीको ८ नं. आकर्षित हुने । (प्रकरण नं.८) § अ.वं १८८ नं. को प्रयोग गर्दा पनि केही न्यायिक आधार अवलम्बन गर्नुपर्ने हुन्छ । अन्यथा विधिकर्ताले ठूलो विश्वासका साथ न्यायकर्तालाई प्रदान गरेको यो तजविजी अधिकारको सदुपयोग हुन नसक्ने । § दाउराको चीरपटको प्रहारलाई सावधानीपूर्वक भएको प्रहार मान्न नमिल्ने । (प्रकरण नं.१०) § चित्तमा लाग्ने भन्ने कुरा मनोगत हुन सक्दैन । सर्वप्रथम आधार र कारणको विश्लेषणबाट नै अ.वं. १८८ नं. को प्रयोग हुने वा नहुने निष्कर्ष निकाल्नु पर्दछ । न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.वं. १८८ नं. का लागि पर्याप्त नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8853
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2069/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६७-CR-०४१२
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8853
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्