नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8852 · वि.सं. २०६९

नि.नं. 8852 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ठहर खण्डमा प्रमाणहरूको मूल्याङ्कन पछि के कसले कति हक पाउने भन्ने सन्दर्भमा न्यायकर्ताको राय अभिव्यक्त भएको हुन्छ । विवादको निर्क्यौल ठहर खण्डमा हुने हुँदा के निर्णय भयो भन्ने कुरा ठहर खण्डवाट नै प्रष्ट हुन आउँदछ । तपसील खण्ड भनेको फैसला कार्यान्वयन सन्दर्भमा सहज वनाउन विस्तृत रुपमा उल्लेख गरी प्रष्टता ल्याउनका लागि उल्लेख गरिने सम्म हो । तपसील खण्डको आधार नै ठहर खण्ड हो र ठहर खण्ड भन्दा वाहिर तपसील खण्ड जान नसक्ने । (प्रकरण नं.४) § अड्डावाट भएको भूलको कारण तपसील खण्डमा छूट हुन गएको अवस्थामा पाउने अंश भागको जग्गा फैसलाको तपसील खण्डमा छूट भएको कारणवाट उक्त अंशमा हकै नहुने भन्न नमिल्ने । § हक बेहकको प्रश्न अदालतको फैसलाको ठहर खण्डबाट निष्पादित हुने विषय हो । ठहर खण्डमा हक कायम गरिएको सम्पत्तिमा हकभोग गर्ने अधिकारलाई तपसील खण्डमा उल्लेख नभएकै कारणबाट निष्प्रयोजित वा निष्प्रभावी तुल्याउन नमिल्ने । § ठहर खण्डबाट निष्पादित इन्साफको विषयलाई तपसील खण्डमा अधुरो रुपमा उल्लेख गर्नु भनेको सामान्य त्रुटि नै मान्नु पर्दछ । त्यस्तो त्रुटिलाई न्याय प्रशासन ऐन, २०४८ को दफा १९(२) ले सच्याउन कुनै निश्चित् हदम्याद नभएकोले अदालतलाई त्यस्तो सामान्य भूल वा त्रुटि सच्याउन कुनै बाधा नदेखिने र दण्ड सजायको ६१ नं. कार्यान्वयन तर्फको विषयमा भएको कानून हुँदा सामान्य त्रुटि वा भूल सच्याउन ऐ. दण्ड सजायको ६१ नं. आकर्षित समेत नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8852
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2068/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री कमलनारायण दास
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8852
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्