नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8845 · वि.सं. २०६९

नि.नं. 8845 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमिसम्बन्धी व्यवस्थापनको प्रयोजनको लागि तर्जुमा गरिएको ऐनको कार्यान्वयनार्थ सम्पादन गरिएका कुराहरूले सोलाई समर्थन गर्ने अन्य ठोस प्रमाणका अभावमा अंशियारको अंश हकलाई प्रतिकूल असर पार्न नसक्ने । § निर्वाचन प्रणालीलाई सुव्यस्थित गर्न तयार गरिएको मतदाता नामावली निर्वाचनसम्बन्धी कार्यसँग सम्बन्धित देखिएको हुँदा फरक उद्देश्य र कार्यको लागि तयार गरिएका त्यस्ता लिखत तथा भरिएका फारामलाई अन्य प्रमाणको अभावमा अंश छुट्टिएको निरपेक्ष प्रमाणको रुपमा लिन नमिल्ने । (प्रकरण नं.८) § मूल प्रमाणको अभावमा सहप्रमाणले निर्णायक स्थान लिन सक्दैनन् । प्रमाणहरूको शृङ्खलामा संकलित सबै प्रमाणको समान भूमिका हुँदैन । मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्ने कुरा प्रमाण हुने प्रमाण ऐन, २०३१ को दफा ३ द्वारा अभिनिश्चित् छ । कुनै प्रमाणले मुद्दामा न्यायकर्तालाई निश्चित् अवधारणा बनाउन असंदिग्ध भूमिका खेल्दछ भने कुनै प्रमाण न्यायिक धारणा बनाउन त्यत्ति बढी सन्तुष्टि दिन नसक्ने प्रकृतिको हुन्छ । यही आधारमा मूल प्रमाण र सहप्रमाणको विभेद गरिनु पर्ने । § लिखत प्रमाणको वर्गीकरण गर्दा ती कुन कानूनअन्तर्गत के प्रयोजनका लागि खडा भएका हुन् भनी हेरिनु पर्ने हुन्छ । अन्यान्य प्रयोजनका लागि खडा भएका कुराले अंशबण्डाको ३० नं. को प्रयोजनका लागि मूल प्रमाणको स्थान लिन नसक्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8845
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2068/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६६-CI-०६१७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8845
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्