नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8844 · वि.सं. २०६९

नि.नं. 8844 — जवर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राय कितावमा व्यक्त भएको रायविपरीत फैसला तयार गर्न मिल्दैन । राय कितावमा व्यक्त भएको राय भन्दा फरक राय व्यक्त गरी लिखित फैसला तयार गर्दा फैसलाको स्थिरता वा निर्णयको अन्तिमताको सिद्धान्तमा वाधा पुग्ने । (प्रकरण नं.२) § न्यायाधीशले मुद्दाको सुनुवाइ गरी राय कितावमा राय व्यक्त गरी सही समेत गरिसकेपछि सो राय स्वयं निर्णयकर्तालाई पनि बन्धनकारी हुन्छ, अन्यथा राय नै कायम रहन नसक्ने र निर्णयहरू अविश्वसनीय, अभरपर्दो तथा जतिखेर पनि दुरुपयोग गर्न सकिने किसिमको हुन जान्छ । त्यस्तो प्रश्न अनुशासनको हिसावले गम्भीर हुने । (प्रकरण नं.३) § नावालिका १६ वर्ष भन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरे पनि मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्ने हुँदा सहमतिमा करणी भएको जवर्‌जस्ती करणी हुँदैन भन्ने चmस्इन्कारी जिकीर स्वीकार्य नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8844
मुद्दाको विषयजवर्जस्ती करणी
निर्णय वर्ष / मिति2069/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री दिपकराज जोशी र श्री फणिन्द्र दत्त शर्माले शुरु जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर गरेको रायमा दीपकराजले मूल राय लेखी माननीय न्यायाधीश श्री फणिन्द्रदत्तले सहमति जनाएको रायकिताबबाट प्रष्ट देखिन्छ
मुद्दा नं.२०६४-CR-०७३१
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8844
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्