नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8841 · वि.सं. २०६९
नि.नं. 8841 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ को समूह ७ ले मुद्रण भैसकेको (Printed) कितावलाई समेटेको देखिएपनि Online सेवामार्फत् कारोवार हुने E-book लाई समेटेको देखिन नआएकोले E-book को बिक्री कारोवारलाई मूल्य अभिवृद्धि कर छूट हुने कारोवार मान्न नमिल्ने । (प्रकरण नं.२) § करसम्बन्धी प्रचलित नेपाल कानूनबमोजिम नेपाल सरकारको निर्णयअनुरूप कर अधिकृतको रुपमा तोकिएको राजस्व अनुसन्धान अधिकृतले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा तोकिएका कानूनी प्रावधानबमोजिम करदाताले तिर्नुपर्ने कर निर्धारण गर्नसक्ने नै देखिएकोले राजस्व अनुसन्धान विभागका राजस्व अनुसन्धान अधिकृतबाट मूल्य अभिवृद्धि कर ऐनबमोजिम लाग्ने कर निर्धारण गरेको कार्यलाई कानूनी क्षेत्राधिकारविहीन रहेको भनी मान्न नमिल्ने । (प्रकरण नं.४) § म्यादभित्र बुझाउनु पर्ने कर कुनै करदाताले नबुझाएमा करदाताको चल अचल सम्पत्ति कब्जामा लिई कर असूल गर्नसक्ने गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१)(ख), र दफा २३(घ) तथा आयकर ऐन, २०५८ को दफा ११० (१)(ख) ले कर अधिकृतलाई अधिकार दिएको देखिँदा उक्त कानूनी व्यवस्थाअनुसार निवेदकको चल सम्पत्तिको रुपमा रहेको खाताको नगद रकम रोक्का राख्न र त्यसबाट निर्धारित कर रकम असूलउपर गर्न कुनै कानूनी बाधा नरहेको अवस्थामा खाता रोक्का राख्ने कार्यलाई कानूनविपरीत भएको भनी मान्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8841 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2069/02/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8841 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
