नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8840 · वि.सं. २०६९

नि.नं. 8840 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ परिणाममा तात्विक फरक नपारी फैसलाको लेखाइमा कि.नं. ३ उल्लेख हुनुपर्नेमा कि.नं. १ उल्लेख भएका कारणले भएको सामान्य त्रुटि सच्याउनको लागि फैसला संशोधनको आदेश भएको अवस्थामा उक्त आदेश जिल्ला अदालत नियमावली, २०५२ को नियम ५१ र ५२ को शब्द र मनसायविपरीत भएको नदेखिने । (प्रकरण नं.५) § फैसलामा लेखाई वा टाईपको सामान्य भूल सच्याउने गरी भएको संशोधन आदेशले फैसलाको परिणाममा कुनै अन्तर पार्न नहुने हुनाले त्यसबाट मुद्दाको अर्को पक्षको हक र अधिकारमा कुनै असर नपर्ने, निजलाई थप दायित्व नलगाइने, सजाय नगरिने वा सामाजिक रुपले लाञ्छित नगरिने हुँदा सुनुवाइको मौका दिनुपर्छ भन्नुको कुनै औचित्य वा प्रयोजन नहुने । (प्रकरण नं.६) § फैसला भैसकेको मुद्दामा कानूनबमोजिम पुनरावेदनको रोहबाट विचार गरिने हुनाले अ.वं. १७ नं. को रोहबाट विचार गर्ने अवस्था नै नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8840
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2069/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६७-WO-०९०८
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8840
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्