नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8839 · वि.सं. २०६९
नि.नं. 8839 — राहदानी, नागरिकता कीर्ते समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै जरियाबाट गरेको फरक–फरक कसूरका सम्बन्धमा एउटै अभियोगपत्र पेश गरिएकोलाई अ.वं.७२ नं. प्रतिकूल भन्न नमिल्ने । (प्रकरण नं.२१) § कुनै पनि ऐनमा अगाडिबाट कुनै विशिष्ट शब्दहरूको उल्लेखन भई पछाडिबाट इत्यादि भन्ने गोश्वारा र सामान्य अर्थबोधक शब्दको प्रयोग गरिन्छ भने त्यसबाट अगाडि उल्लेख भए जस्तै गुण, प्रकृति र चरित्र (Analogy) भएका थप अरु पनि विषयहरूलाई समेट्ने विधायिकी आशय रहेको थियो भन्ने अर्थ ग्रहण गर्नुपर्ने । § कानून व्याख्याका विभिन्न सिद्धान्तहरूमध्ये एक Ejusdem Generis Principle का अनुसार कुनै खास शब्दहरू अगाडि प्रयोग भएका छन् र त्यसपछि साधारण शब्दहरू प्रयोग भएका छन् भने ती साधारण शब्दहरूले अगाडिका खास खास शब्दहरूले जनाए जस्तै अर्थ वा विषयलाई जनाउने । § बढी गतिमा असावधानीपूर्वक चलाइएको बस, ट्रक, जीप इत्यादिको ठक्करले मानिस मर्न गएमा ज्यान मार्ने कसूर गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था गरिन्छ भने बढी गतिमा असावधानिपूर्वक चलाइएको कारको ठक्करबाट मानिस मारेको वारदात ज्यान मार्ने कसूरअन्तर्गत पर्ने कुरा स्वाभाविकै मानिने । (प्रकरण नं.२४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8839 |
|---|---|
| मुद्दाको विषय | राहदानी, नागरिकता कीर्ते समेत |
| निर्णय वर्ष / मिति | 2069/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६४-CR-०५४४ | २०६५-CR-०११२ | २०६६-CR-०३४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8839 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
