नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8838 · वि.सं. २०६९
नि.नं. 8838 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक कार्यरत् कार्यालय समावेश नभएको भन्ने आधारले मात्रै संविधान र प्रचलित कानूनको अधिकारअन्तर्गत निर्माण भई लागू भएको न्याय सेवा (समूह गठन तथा श्रेणी विभाजन, नियुक्ति, सरूवा, बढुवा) नियमहरू, २०५१ को नियम ११(२) को खण्ड (क) को व्यवस्था निजामती सेवा ऐन, २०४९ को दफा २१ र २४ तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ को प्रावधानविपरीत छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) § अदालतले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) को असाधारण अधिकारक्षेत्र अन्तर्गत कुनै प्रचलित कानूनी व्यवस्था कुनै संवैधानिक प्रावधान वा कुनै नियम आफ्नो मातृ ऐनसँग बाझिएको अवस्थामा मात्र त्यस्तो बाझिएको कानूनलाई अमान्य र बदर घोषित गर्ने हो । तर कुनै नियममा केही कुरा नभएको भन्ने अवस्थामा सो उल्लेख नभएको कारणले उक्त कानून संविधान वा मातृ ऐनसँग बाझिएको भनी बदर वा अमान्य गर्नुपर्ने अवस्था नआउने । (प्रकरण नं.७) § एउटै सेवा र एउटै समूहमा पर्ने विभिन्न कार्यालयमा कार्यरत् सबै कर्मचारीहरूले पदोन्नतिको उचित र समान अवसर पाउनु पर्दछ । सोको लागि सम्बन्धित ऐन, नियमद्वारा उचित व्यवस्थापन हुनुपर्नेमा यी निवेदक कार्यरत् रहेको अड्डा बढुवा प्रयोजनका लागि कुनै समूहमा अहिलेसम्म नपरेको अवस्थालाई ठीक मान्न नसकिने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान अधिवक्ताहरू हरि उप्रेती, प्रकाश के.सी. र जगन्नाथ महतो
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8838 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2069/03/28 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६८-WS-००६४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8838 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
