नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8837 · वि.सं. २०६९

नि.नं. 8837 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सैनिक ऐनअन्तर्गतको कसूर बाहेक अन्य प्रचलित कानूनबमोजिम अपराध मानिने कुनै कसूर गरेमा वा सो विषयमा सम्बन्धित निकायमा कसैको जाहेरी परेमा त्यस्तो जाहेरीमा नाम किटिएको वा सो अपराधमा संलग्न रहेको देखिएको जुनसुकै सैनिक कर्मचारीलाई अपराध अनुसन्धान गर्न प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायसमक्ष उपस्थित गर्नु गराउनु सम्बन्धित प्रहरी कार्यालय र सैनिक कार्यालय समेतको दायित्व हुने । (प्रकरण नं.६) § जाहेरी दरखास्तमा नाम किटिएका व्यक्तिहरू नेपाली सेनामा कार्यरत् रहेको भन्ने एक मात्र कारणले लामो समयसम्म सो जाहेरीको विषयमा प्रभावकारी अनुसन्धान नहुनुलाई सामान्य मान्न नसकिने । § नेपाल सरकारको मातहतमा रहेको सेनामा कार्यरत् व्यक्तिलाई फरार रहेको व्यक्ति वा अनुसन्धान गर्ने निकायको पहुँच बाहिरको व्यक्ति भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) § प्रत्येक मुद्दाको स्थिति एक समान हुँदैन । अनुसन्धान गर्न सबै मुद्दामा समान समय लाग्ने पनि होइन । घटनाको प्रकृति र अन्य परिस्थितिजन्य कुराहरूले अनुसन्धानको प्रक्रिया र समय निर्धारित गर्ने हुन्छ । त्यसैले प्रत्येक मुद्दाको अनुसन्धान यो यति समयभित्र सम्पन्न गर्नु भनी अदालतले प्रत्येकमा समान समयावधि तोक्नु वा निर्धारण गर्नु उपयुक्त नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8837
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2069/03/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्यायको राय | माननीय न्यायाधीश श्री अवधेश कुमार यादवको राय | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय कायम हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्यायको राय मनासिव छ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय उपयुक्त देखिन्छ
मुद्दा नं.२०६८-DF-०००१
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्