नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8835 · वि.सं. २०६९

नि.नं. 8835 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वेग्ला–वेग्लै वारदात भई चलेका वेग्ला–वेग्लै मुद्दामा अघिल्लो मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद, जरीवाना असूल गर्ने प्रयोजनका लागि गणना गर्न नमिल्ने । § म्याद थपको क्रममा वा अभियोगपत्र साथ पेश गरिएको अवस्थामा वाहेक अन्य अवस्थामा अदालतमा उपस्थित भई बयान गरेपछि मात्र निजउपर लागेको मुद्दामा निजको उपस्थिति रहेको मान्नुपर्ने । (प्रकरण नं.८) § थुनामा बसिरहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा र ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दा बेग्ला–बेग्लै वारदातका भएको र वेग्ला–वेग्लै वारदात भई चलेका वेग्ला–वेग्लै मुद्दामा अघिल्लो मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद असूल गर्ने प्रयोजनका लागि गणना गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी विपक्षी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री सूर्यनाथ प्रकाश अधिकारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8835
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2069/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.२०६८-WH-००७५
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8835
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्