नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8833 · वि.सं. २०६९

नि.नं. 8833 — परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्य मानिसभन्दा अपाङ्गहरूका लागि बढी र विशेष सुविधा एवं हेरचाहको आवश्यकता पर्दछ । यसकारण उनीहरूसँग रहेको शारीरिक क्षमता एवं मानसिक र बौद्धिक स्थितिको पहिचान गरी सामान्य मानिसमा भन्दा भिन्न रुपमा तिनीहरूसँग राज्यले व्यवहार गर्नुपर्ने । (प्रकरण नं.७) § अति अशक्त व्यक्तिहरूको सम्बन्धमा राज्यले उनीहरूको जीवनको अधिकार सुनिश्चित गर्न के गर्नुपर्दछ भन्ने कुराप्रति बढी गम्भीर हुनुपर्ने । (प्रकरण नं.८) § अति अशक्तहरूका लागि आवश्यकतानुसार आवासीय अपाङ्ग घरको निर्माण गर्नु र तिनको उचित ढंगले सञ्चालन गर्नु एवम् बेरोजगारी वा गरी खान नसक्ने अपाङ्गलाई भत्ताको व्यवस्था गर्नु अत्यन्त आवश्यक छ । यस्तो स्थितिमा अपाङ्ग घरको निर्माण र सञ्चालन तथा विशेष सुविधा वा भत्ताका लागि गरिएको माग दावी उचित, कानूनसम्मत एवं न्यायपूर्ण देखिने । (प्रकरण नं.९) § कुनै पनि अपाङ्गले संविधान, ऐन, कानूनअनुसारको सुविधाबाट बञ्चित नहुनु र अन्तर्राष्ट्रिय प्रचलन एवं मापदण्डअनुसारको सेवा सुविधा र हेरचाह प्राप्त गर्नु राष्ट्रिय गौरवको कुरा हो । यसलाई राज्यले र राज्यका सम्बद्ध प्रत्येक अङ्गले गम्भीरतापूर्वक लिनु पर्ने । (प्रकरण नं.१३) § अति न्यायिक अग्रसरता (Extreme Judicial Activism) वा अनावश्यक न्यायिक निष्क्रियताको हदसम्म न्यायिक आत्मसंयम (Judicial-self restraint) अपनाउनु दुवैले जनताको न्याय प्राप्त गर्ने मार्गमा अवरोधको सिर्जना गर्न सक्ने खतराप्रति निर्णयकर्ता सँधै सजग र सावधान रहनु पर्ने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8833
मुद्दाको विषयपरमादेश समेत
निर्णय वर्ष / मिति२०६९
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशताहिर अली अन्सारी, कमलनारायण दास
मुद्दा नं.२०६८-WO-०१८८
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8833
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्