नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8831 · वि.सं. २०६९
नि.नं. 8831 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ न्यायाधीशको काम सदैव जोखिमयुक्त छ किनकि यसमा सधैं एक पक्षले जीतेको हुन्छ र अर्कोले हारेको । त्यहीमाथि चोर, डाँका, ज्यानमारा, लागूऔषध तथा संगठित अपराधमा संलग्न व्यक्तिहरूको मुद्दा दिनहुँ निर्णय गर्नुपर्ने हुन्छ । यस्ता संवेदनशील मुद्दाको दिनहुँ निर्णय गरिरहनु पर्ने अवस्थामा असन्तुष्ट व्यक्तिबाट सदैव खतराको महसूस गरिएको हुन्छ । त्यही भएर संसारभरि न्यायाधीशको सुरक्षामा सरकारले अति सजगता अपनाएको हुन्छ र न्यायाधीशको सुरक्षाउपर घटेको सानो भन्दा सानो घटनाले देशकै सुरक्षा ब्यवस्था आलोचित बन्न सक्छ । यसरी न्यायाधीशको तुलनामा कम जोखिमपूर्ण काम गर्ने मन्त्रीहरूको साजसज्जामा राज्यले जोड दिनु र हमेशा खतरनाक निर्णय गर्नुपर्ने न्यायाधीशहरूको सेवा सुरक्षालाई कम गम्भीर आंकलन गर्नु विडम्वनापूर्ण हुने । (प्रकरण नं.१२) § राज्यको एक अङ्गले आफ्नो हकमा सेवा गर्ने सुरक्षाकर्मी वा सवारी चालकको हकमा वढी सुविधा दिने र राज्यकै अर्को अंग न्यायपालिकामा खटिने त्यस्ता कर्मचारीहरूको हकमा घटी सुविधा दिनु सोझै भेदभावपूर्ण हुने । (प्रकरण नं.१३) निवेदकहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता चन्द्रकान्त पौडेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8831 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2069/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री तपबहादुर मगरज्यूका तत्कालीन व्यक्तिगत सुरक्षा अधिकृत ( |
| मुद्दा नं. | २०६८-WO-०९३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8831 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
