नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8830 · वि.सं. २०६९

नि.नं. 8830 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजी ज्ञान, सीप र प्रयासबाट आर्जन गरेको भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रमसंस्, सीप र प्रयास परेको सम्पत्ति भनी अर्थ गर्नुपर्दछ । यदि सगोलका परिवार सवैको श्रम, सीप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान, सीप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरु परिवार सदस्यलार्ई भाग बण्डा नलागोस् भन्ने कुरामा ध्यान दिनुपर्ने । (प्रकरण नं.६) § विदेशमा रहेको छोराको आर्जनबाट स्वदेशमा बावु आमाका नाममा जग्गा खरीद गरिएको अनुमान स्वाभाविक र तर्कसंगत हुन्छ । आफ्ना विरुद्ध न्यायिक अवधारणा बन्न जाने तथ्यको सम्बन्धित पक्षले खण्डन गर्न सक्दैन र सो खण्डनलाई पुष्टि गर्ने आधार प्रमाण केही दिन सक्दैन भने त्यो तथ्यले निजका विरुद्व प्रमाणको स्वरुप ग्रहण गर्ने । (प्रकरण नं.८) § अंशबण्डाको १८ नं. परिवार सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून हो । सम्पत्तिको आर्जनको इतिहास, स्रोत र लगानीको प्रकृति विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबण्डाको १८ नं. को उद्देश्य र मर्म मर्न पुग्ने । § पैतृक सम्पत्तिसँग कुनै सम्बन्ध नगाँसिने र परिवारका अन्य सदस्यको सो सम्पत्ति आर्जनमा कुनै योगदान आँक्न नसकिने सम्पत्ति बण्डा गर्न कर नलागोस् भन्ने नै अंशबण्डाको १८ नं. को आशय हो । विदेशमा रहेको आफ्नो छोराको आर्जनबाट आफ्ना नाममा खरीद भएको सम्पत्ति पनि निजी श्रम, सीप र प्रयासमध्ये प्रयासको आर्जन भएबाट सोबाट अंश दिन वाध्य बनाउनु अंशबण्डाको १८ नं. प्रतिकूल हुनजाने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8830
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2068/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६८-CI-००५५
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8830
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्