नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8826 · वि.सं. २०६९
नि.नं. 8826 — बैकिङ कसूर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विधायिकाले ऐन निर्माण गर्दा न्यायकर्तालाई सजायको मात्रा (Quantam of Punishment) निर्धारण गर्न स्वविवेकीय अधिकार प्रदान गरेकोमा सो अधिकारको प्रयोग न्यायकर्ताले वस्तुनिष्ठ आधारमा गर्नु पर्दछ र उक्त अधिकार प्रयोग सत् विवेकपूर्ण तवरले भएको छ छैन भनी परीक्षण गर्ने अधिकार अघि फैसला गर्ने इजलास भन्दा वृहत इजलास, फैसला गर्ने अदालतभन्दा माथिल्लो अदालत वा न्यायाधीशमा रहने । § कानूनी व्यवस्थाको प्रयोगमा सारभूत भिन्नता (Substantial Difference) को व्याख्या गर्दा न्यायकर्ताले आत्मगत रुपमा नभै सम्बन्धित ऐन कानूनको सूक्ष्म अध्ययन गरी विधायिकी मनसायलाई परिलक्षित गरी वस्तुनिष्ठ तवरले गर्नुपर्ने । § बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(१) बमोजिम ऐनले न्यायकर्तालाई दशहजारसम्म जरीवाना गर्न सक्ने गरी व्यवस्था गरेकोमा संयुक्त इजलासको रायवाझी फैसला गर्ने न्यायाधीशले रु.८,०००।– जरीवाना गरिसकेको अवस्थामा तेस्रो न्यायाधीशबाट रु.९,०००।– जरीवाना गरी निर्णयमा मत बाझिएको भनी विना आधार तेस्रो राय कायम गरी निर्णयार्थ यस अदालतमा प्रेषित गरेको निर्णय उपयुक्त एवंम् मनासिव नदेखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8826 |
|---|---|
| मुद्दाको विषय | बैकिङ कसूर |
| निर्णय वर्ष / मिति | 2069/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायसँग सहमत हुन नसकिएकोले प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेलको राय | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेलको रायसँग सहमत हुन नसकी प्रस्तुत मुद्दामा बैकिङ्ग कसूर तथा सजाय ऐन | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायमा बैकिङ्ग कसूर तथा सजाय ऐन |
| मुद्दा नं. | २०६८-CR-०७५४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8826 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
