नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8824 · वि.सं. २०६९

नि.नं. 8824 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुलो, पानी वा साँधसीमाना जस्ता सार्वजनिक हित वा सरोकारको सम्पत्तिको विषयलाई लिएर कुनै झै–झगडा वा विवाद भै स्थानीय स्तरमा शान्ति भंग हुने स्थिति पैदा भएमा त्यस्तो सम्पत्ति रोक्का गर्नुपर्ने भए रोक्का गरी शान्ति बहाल गराउनेसम्मको शान्ति सुरक्षासँग सम्बन्धित कार्य गर्न पाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहने तर व्यक्तिको निजी सम्पत्तिको अनन्तकालसम्म रोक्का राख्ने अधिकार नहुने । § शान्ति सुरक्षा बहाल गराउने प्रयोजनको लागिसम्म कुनै सम्पत्ति रोक्का राख्नु पर्ने भएमा मात्र प्रमुख जिल्ला अधिकारीले रोक्का राख्न सक्ने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(५) ले अधिकार दिएकोले शान्ति बहाल भएपछि पनि अनन्तकालसम्म यथावत् सम्पत्ति रोक्का राख्ने असीमित अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको मान्न नसकिने । (प्रकरण नं.४) पुनरावेदकका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8824
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2069/01/28
अदालत / इजलाससंयुक्त इजलास
मुद्दा नं.२०६५-CI-०१०६
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8824
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्