नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8822 · वि.सं. २०६९

नि.नं. 8822 — खानलाउन दिलाई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्यतयाः आफ्नो घर परिवारबाट मानवीय व्यवहार पाउँदापाउँदै मानाचामल माग गरी अड्डा अदालत धाउने कुरा मुद्दा गर्नकै लागि वा पति समेतका आफ्नो परिवारका सदस्यहरूलाई दुःख दिने उद्देश्यबाट गरिएको होला भनी अनुमान गर्नु स्वाभाविक हुन नसक्ने । § समाजमा विद्यमान रहेको लैङ्गिक र घरेलु हिँसाको कारणबाट खास गरी महिलाहरू र त्यसमा पनि बुहारीमाथि यस प्रकारका घटनाहरू घट्ने गरेको कुरा बराबर प्रकाशमा आउने गरेकै पाइँदा सामान्यतः दावीलाई अस्वाभाविक भनी अन्यथा अनुमान गर्न नमिल्ने । § शरीरमा आगो लगाइएको कारणबाट परेका भनिएका खत र चोटपटकको प्रकृतिबाट घरेलु हिंसाको शिकार भएको भन्ने देखिएको र सो तथ्य साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भैरहेको अवस्था हुँदा अंश नलिएसम्म मानाचामल भराई लिन पाउने । (प्रकरण नं.३) § आफूले विवाह गरी ल्याएकी पत्नी तथा बुहारीप्रति मानवीय व्यवहार गर्नु सम्बन्धित परिवारको कानूनी र नैतिक दुबै प्रकारको दायित्व हो । परिवारबाट सो दायित्व पूरा गरिदैँन र त्यस्ती महिलामाथि हिंसाजन्य ब्यवहार गरी घरमा बस्न नसक्ने अवस्था सिर्जना गरिन्छ भने निश्चित् रुपमा मुलुकी ऐन अंशबण्डाको १० नं. र लोग्नेस्वास्नीको ४ नं. बमोजिम खानलाउनको लागि मानाचामल भर्नुपर्ने । § कानूनविपरीतको अमानवीय र कठोर ब्यवहार गरी विवाहित महिलालाई घरमा बस्न नसक्ने वातावरण तयार पार्ने व्यक्ति वा परिवारले पछि आएर मानाचामल भर्न सक्ने आर्थिक हैसियत थिएन वा छैन भनी लिने जिकीर आधारहीन हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8822
मुद्दाको विषयखानलाउन दिलाई पाऊँ ।
निर्णय वर्ष / मिति2069/02/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६७-CI-०९०१
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8822
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्