नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8821 · वि.सं. २०६९
नि.नं. 8821 — लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश नभएको सगोलको अचल सम्पत्ति कुनै ब्यहोराले बिक्री वा हक हस्तान्तरण गर्दा अनिवार्य रुपमा अंशियारको मञ्जूरी लिनुपर्ने हुन्छ । यसरी हक हस्तान्तरण गर्दा अंशियारले साक्षी नबसेको र हक छाडी दिन मञ्जूर नगरेमा त्यस्तो अंशियारको हक जाने स्थिति नरहने । § ऐनले आफूखुश गर्न पाउने सम्पत्तिको हक हस्तान्तरण गर्दा भने सँगै बस्नेको मञ्जूरी लिनु पर्ने आवश्यकता नरहने । (प्रकरण नं.३) § आफ्नो हक छाडी सकेको छोराको मञ्जूरी नलिई अर्को छोरालाई मात्र साक्षी राखी राजीनामा पारित गरेको कार्य कानूनविपरीत भन्न नमिल्ने । (प्रकरण नं.४) § अन्य अंशियारलाई बण्डा गर्नु नपर्ने आफूखुसी गर्न पाउने र बिक्री बितरण गर्दा कसैको मञ्जूरी समेत लिन नपर्ने भएकोले घरको मुख्य व्यक्तिको हैसियतले आमाले आफ्नो पालामा आर्जेको अचल सम्पत्ति राजीनामा पारित गरी हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8821 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2068/11/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री कमलनारायण दास | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्यायको राय |
| मुद्दा नं. | २०६७-DF-००१४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8821 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
