नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8820 · वि.सं. २०६९

नि.नं. 8820 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन गर्न पाउने गरी कानूनले नै अधिकार दिइरहेको अवस्थामा सोहीअनुरूप पुनरावेदन पर्ने अवधि बाँकी छ वा छैन भन्ने समेतका विषयमा यथार्थ तथ्य बुझी कानूनको रीत पुर्‍याई पुनरावेदन परे नपरेको यकीन गरी एकैपटक आफ्नो तहबाट निरोपण गर्नु पुनरावेदन सुन्ने अदालतको कानूनी कर्तव्य हुने । § कानूनबमोजिम पुनरावेदनको म्याद जारी नहुँदै पुनरावेदन अदालतबाट केवल वादीको पुनरावेदनको रोहबाट भएको फैसलाले प्रतिवादीको पुनरावेदन गर्न पाउने कानूनी हकलाई संकुचित, नियन्त्रित वा निष्प्रभावी बनाउन नहुने । (प्रकरण नं.४) § कुनै एउटा विवादमा कुनै एकतहको अदालतबाट दुईवटा फैसला हुन सक्तैन । कुनै कार्यविधिगत त्रुटि वा अदालतको भूल वा गल्तीबाट एउटै विवादमा पनि पहिले एकप्रकारको फैसला भए पनि पछि कानूनबमोजिमको प्रक्रिया पूरा गरी सोही विवादमा उही तहको अदालतबाट अर्को फैसला हुन गएको रहेछ भने विवादित विषयको निरोपण गर्ने सिलसिलामा विवादका दुवैपक्षलाई बुझी दुवै पक्षको कुरा सुनी प्रमाणको मूल्याङ्कन गरी भएको पछिल्लो फैसलालाई नै सो तहको अदालतबाट भएको आधिकारिक फैसला मान्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8820
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2068/12/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कमनारायण दास | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको राय | माननीय न्यायाधीश श्री भरतराज उपे्रतीको राय | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको राय प्रासङ्गिक छैन | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको रायसँग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री भरतराज उपे्रतीको राय पनि सो हदसम्म मिलेको देखिएन
मुद्दा नं.२०६६-DF-००२४
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8820
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्