नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8819 · वि.सं. २०६९
नि.नं. 8819 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अधिकृत वारेसनामा कायम रहने अवधि किटान नगरी दिएको अवस्थामा दिनेले बदर नगराए वा मुद्दा परी बदर नभएसम्म त्यस्तो अधिकृत वारेसनामा स्वतः निष्क्रिय हुन नसक्ने । § वारेसनामा गरिदिने व्यक्ति नै परलोक भएको अवस्थामा त्यस्तो परलोक भइसकेको व्यक्तिको वारेसनामा जीवित छ भन्न नमिल्ने । § अधिकृत वारेसनामा विशेष प्रकृतिको हुने हुँदा अधिकृत वारेस दिने व्यक्ति जीवित रहेको र उबाट वारेसनामा बदर नभएमा त्यस्तो अधिकृत वारेसनामा तोकिएको कार्यसम्पादन नभएसम्म त्यसको अस्तित्व कायमै रहेको मान्नु पर्ने । (प्रकरण नं.२) § केवल अधिकृत वारेसनामा पुरानो भयो भन्ने आधारमा विलम्ब भयो भन्न नमिल्ने । § दरपीठबाट मार्का पर्यो भनी दरपीठ आदेश विरुद्ध दरपीठ भएको भोलिपल्ट नै निवेदन लिई अदालत प्रवेश गरेको अवस्थामा विलम्बको सिद्धान्त आकृष्ट नहुने । § कसैलाई कसैको कामबाट मार्का पर्यो वा हक अधिकारमा आघात भयो भने त्यस्तो मार्का परेको समयबाट सहज अनुमान गर्न सकिने अवधि वा कत्तिको विलम्ब हुन सक्छ भन्ने अवधि भन्दा पनि अत्याधिक विलम्ब गरेको अवस्थामा आफ्नो अधिकारप्रति सजग नहुने सुतेर बस्ने विरुद्ध यो सिद्धान्त आकृष्ट हुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8819 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2068/06/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8819 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
