नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8817 · वि.सं. २०६९

नि.नं. 8817 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतबाट अन्तिम फैसला भैसकेपछि सम्बन्धित पक्षले कानूनले निर्धारण गरेको हदम्याद र कार्यविधिलाई अंगीकार गरी दरखास्त दिएको अवस्थामा त्यसबाट फैसला कार्यान्वयनतर्फ आवश्यक कामकारवाही अगाडि बढाउनु पर्ने । (प्रकरण नं.४) § अ.वं. ८५ नं. फैसला कार्यान्वयनका दरखास्तका हकमा आकर्षित हुन सक्ने देखिँदैन । कारण यो कानून फैसला हुने प्रकृतिका मुद्दाका हकमा मात्र लागू हुन्छ । अदालतबाट बिगो भरीभराउ हुने ठहरी भएका अन्तिम फैसलाको कार्यान्वयनमा अवरूद्धता उत्पन्न गनका लार्गि कानूनद्वारा प्रष्ट शब्दमा बन्देज लगाइएको अवस्था विद्यमान हुनुपर्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको विषयलाई अन्य फिराद सरह हेर्ने अवस्था रहँदैन । अ.वं. ७२ नं. फिराद दावीलाई समेट्ने कानून हो । अ.वं. ८५ नं. मुद्दाका हकमा लागू हुन्छ । फैसला कार्यान्वयन न्यायिकभन्दा पनि प्रशासनिक कार्य भएकाले उही वादी, उही प्रतिवादी उही प्रकृतिका उही दिन फैसला भएका उही प्रकृतिका चार अलग–अलग फैसला कार्यान्वयनका लागि शुरूमा एउटै दरखास्त दर्ता गरे पनि भूल महसूस गरी पहिलो फैसलाका हकमा सोही दरखास्त कायम गरी बाँकी तीन फैसलाका हकमा अन्य दरखास्त लिनु र ती पछिका दरखास्त समेत दण्ड सजायको ४२ नं. ले तोकिदिएको अवधिभित्रै दायर हुनु प्रचलित कुनै पनि कानूनप्रतिकूल नहुने । § भूल त्रुटि सच्याइएकोमा कसैको हक गयो भन्न मिल्दैन । हकको सिर्जना वा समाप्ति केवल कानूनबाट मात्र हुन्छ । चारवटा मुद्दाको बिगो भरिभराउका लागि एउटै दरखास्त दिइसकेपछि पुनः तहसीलदारको आदेशबाट अलग–अलग दरखास्त लिई बिगो भरिभराउको कारवाही अगाडि बढाएकै कारणबाट फैसला कार्यान्वयनको सम्पूर्ण कामकारवाही कानूनविपरीत हो भन्न नसकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8817
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2069/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६६-WO-०७१७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8817
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्