नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8812 · वि.सं. २०६९

नि.नं. 8812 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आसामीको जायजातबाट बिगो भराउनु पर्ने र जायजातबाट भराउँदा बाँकी भए बाँकी जतिमा मात्र कैदमा राख्न पाउने व्यवस्था रहेकोमा सोअनुसार कैदमा राखिपाऊँ भनी दरखास्त दिनु अघि जायजातबाट भराउँदा नपुग भए, नपुग जतिमा मात्र कैदमा राख्न पाउने र त्यस्तोमा कैदी वा थुनुवाले पाए सरहको सिधा खर्च दाखिल गर्नुपर्ने । (प्रकरण नं.४) § मुद्दा परी बिगोमा दरखास्त परिसकेपछि अदालत बाहिर बिगो घरसारमा नै बुझाई सकेको भन्ने अप्रमाणित जिकीर कानूनसंगत नहुने । (प्रकरण नं.५) § ऋणीको नाउँमा रहेका सम्पत्तिको जायजात तायदातसम्बन्धी प्रक्रिया नै नगरी, जेथा नै नदेखाई दण्ड सजायको ४२ नं. को व्यवस्थाविपरीत हुने गरी ऋणीलाई लेनदेन मुद्दाको फैसलाअनुसार लेनदेन व्यवहारको १९ नं. को व्यवस्थाअनुसार भनी कैदमा पठाउने कार्य कानूनसम्मत् भन्न नमिल्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8812
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2068/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
मुद्दा नं.२०६६-WO-०४८६
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8812
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्