नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8811 · वि.सं. २०६९

नि.नं. 8811 — निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दाइजो पेवाबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन, स्त्री अंशधनको ५ नं. को कानूनी व्यवस्था समेतले आफूखुश गर्न पाउने । (प्रकरण नं.४) § आफूले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बकसपत्र पाउनेले भोगचलन नगरेको अवस्थामा मात्र मुलुकी ऐन, दान बकसको ५ नं. को कानूनी व्यवस्था आकर्षित हुने । § जग्गामा रहेको घरको सटर भाडामा दिएको र विद्युत महसूल तिरेको संकेत कार्डबाट देखिएको हुँदा विवादित घर जग्गामा प्रत्यर्थीको भोग रहेको केवल दाखिल खारेज नामसारी हुनसम्म बाँकी रहेको अवस्थामा मुलुकी ऐन, जग्गा पजनीको २ नं. मा भएको कानूनी प्रावधानबमोजिम हदम्याद नाघिसकेको भन्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8811
मुद्दाको विषयनिर्णय बदर एवं दाखिल खारेज दर्ता कायम
निर्णय वर्ष / मिति2068/07/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.२०६५-CI-०५२८
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्