नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8805 · वि.सं. २०६९
नि.नं. 8805 — मोटरसाइकलको बीमा दावी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ उपलब्ध नै नगराएको बीमालेखको शर्तको परिपालना नगरेको भन्ने आधारमा बीमाको दावीतर्फ प्रवेश नै नगरेको निर्णय विधिसम्मत् नदेखिने । (प्रकरण नं.५) § निर्जीवन बीमाको सम्बन्धमा दावी गर्दा त्यस्तो दावी गरिसक्नुपर्ने भनी कुनै निश्चित् अवधि किटान नभएको, बीमा नियमावलीले बीमा दावी गर्ने कुनै हदम्याद निर्धारण पनि नगरेको अवस्थामा मोटरसाइकल लुटिएको जानकारी बीमा संस्थानलाई तुरुन्तै नगराएको भन्ने आधारमा बीमासम्बन्धी दावी नलाग्ने भन्ने निर्णय कानूनसम्मत् नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8805 |
|---|---|
| मुद्दाको विषय | मोटरसाइकलको बीमा दावी |
| निर्णय वर्ष / मिति | 2068/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | ०६६-CI-०८३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8805 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
