नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8803 · वि.सं. २०६९
नि.नं. 8803 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भै बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने । (प्रकरण नं.१०) § शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वतः क्रियाशील हुने हुँदा सो लिखतबमोजिम निजको हक भएको सम्पत्ति निजले दश रुपैयाँ दस्तूर तिरी रजिष्ट्रेशनको ३२क नं. बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने । (प्रकरण नं.१३) § शेषपछिको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति अन्य अंशियारका नाममा दा.खा. हुँदैमा सो सम्पत्तिको सगोलीय चरित्र र प्रकृतिमा कुनै भिन्नता नआउने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8803 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2067/08/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| मुद्दा नं. | २०६३-CI-०७३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8803 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
