नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8802 · वि.सं. २०६९
नि.नं. 8802 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संवैधानिकता वा ग्तिचब ख्ष्चभक को प्रश्नमा अनुचित विलम्वको सिद्धान्त (Principle of Laches) लागू नहुने । § अस्थायी कर्मचारीको हैसियतले धेरै वर्षदेखि कार्यरत् कर्मचारीहरू बीच मात्र रिक्त पदको केही प्रतिशतमा सीमित प्रतियोगिता गराउने कार्य न्यायपूर्ण र त्यसबाट अर्काको हक जाँदैन भन्ने तर्क स्वीकार्य हुन नसक्ने । § मौलिक हक र संवैधानिकताको प्रश्नमा केही सीमित व्यक्तिको हितलाई विचार गरी निर्णय गर्न मिल्ने हुँदैन । सम्पूर्ण संवैधानिक व्यवस्था र संविधानको मर्म एवं केही सीमित व्यक्तिहरूको हितभन्दा सम्पूर्ण नेपाली जनताको हित हेर्नुपर्ने । (प्रकरण नं.१२) § अस्थायी कर्मचारीहरू बीच मात्र सीमित प्रतिस्पर्धा गर्ने व्यवस्था गरेको घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०५५ मा थप भएको नियम ३.१.७(३) को व्यवस्थाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८ द्वारा प्रदत्त रोजगारी प्राप्त गर्ने नेपाली नागरिकको हक, धारा १२(३)(च) बमोजिम पेशा, रोजगार गर्ने स्वतन्त्रता तथा धारा १३ द्वारा प्रदत्त समानताको हकमा समेत अनुचित बन्देज लगाएको देखिन आएकोले मिति २०६८।१२।२ देखि अमान्य र बदर घोषित हुने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8802 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2068/12/02 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६८-WS-००३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8802 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
