नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8801 · वि.सं. २०६९

नि.नं. 8801 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अन्यथा प्रमाणित भएमा बाहेक नेपाल सरकार वा सरकारी कार्यालयबाट प्राप्त सूचना, तथ्याङ्क, अभिलेख, लिखत, निर्णय वा पत्राचारको व्यहोरा साँचो हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन्छ । सो लिखतको लेखाई वा व्यहोरा वा शिर, पुछारको कुनै लेखाईको त्रुटि वा एउटै मितिमा सामान्यतया नगरिने काम गरे भएबाट सामान्य शंकाको आधारमा त्यस्ता लिखतलाई अन्यथा हो भनी मान्न वा सम्झन नमिल्ने । (प्रकरण नं.३) § ऐनले अख्तियारी प्रदान गरेको कुनै पदाधिकारी वा समितिको त्यस्तो सन्तुष्टिको विषयवस्तुभित्र प्रवेश गरी यस अदालतले रिट क्षेत्रबाट अन्यथा भन्न वा औल्याउन नसक्ने । § सिफारिश समिति गठन गर्नेको नियत र सो समितिको क्षमता र नियतमा स्पष्ट आधार बेगर शंका गर्न र सिफारिश गरिएका व्यक्तिहरूको कार्यकुशलतामाथि प्रश्न उठाइरहनु औचित्यपूर्ण नहुने । (प्रकरण नं.१०) § एक पटकमा सबै प्रतिभाको खोजी गर्न नसकेबाट केही व्यक्तिहरूलाई अहिले सिफारिश गर्ने र पछि पुनः योग्य व्यक्तिहरूको सिफारिश गर्न मिल्ने नै हुँदा सिफारिश गरिएकामध्ये केही व्यक्तिहरूको ख्याति र प्रतिष्ठाका विषयमा प्रश्न उठाएको देखिए पनि त्यस्ता अमूर्त विषयहरू न्याय निरोपणयोग्य वा न्यायिक परीक्षणको मापदण्डमा पर्ने विषयहरू नहुँदा अदालतबाट सदस्यहरूको योग्यता र क्षमताको क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8801
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय | माननीय न्यायाधीश श्री प्रेम शर्माज्यूको रायसँग मतैक्यता कायम हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको राय | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको राय सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको रायमा यो यस आधारमा मिति २०६६।१२।३१ को सिफारिश निर्णय समावेशिताको सिद्धान्त विपरीत र यस अदालतको पूर्व फैसलाविपरीत भयो भन्ने स्पष्ट उल्लेख भएको पाइँदैन | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय मनासिव ठहर्छ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको रायसँग सहमत हुन सकिएन
मुद्दा नं.२०६८-WF-०००४
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8801
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्