नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8798 · वि.सं. २०६९
नि.नं. 8798 — पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजी उपभोग वा प्रयोगको लागि सामान खरीद गर्नेले यसरी खरीद गर्दा कुनै कागज गरी लिने वा नलिने कुरा निजको ईच्छा र खरीद गरिएको वस्तुको प्रकृति र कानूनी बाध्यताको बिषयले निर्धारण हुने । § सामान्य उपभोगको लागि कुनै चीज वस्तु खरीद गर्दा कागज गरिलिने दिने भन्ने कुरा सम्बन्धित उपभोक्ता खरीदकर्ताको ईच्छामा समेत भर पर्ने हुनाले कुनै चीज वस्तु खरीद गर्दा कागज गरी लिने दिने कुरा निजको सम्बन्धमा त्यति सान्दर्भिक र महत्वपूर्ण नहुन सक्ने । § आफ्नो व्यावसायलाई नियमित रुपमा सञ्चालन गर्न कारोवारबाट भएको नाफा घाटाको कुरा यकीन गर्नको लागि व्यवसायीले सामान खरीदसम्बन्धी प्रत्येक कारोवारको बारेमा राखिएको अभिलेख वा कागजले सामानको पहिचानसहितको विवरण, खरीद मूल्य, खरीद भएको सामानको परिमाण (जस्तो कति थान, कति किलो आदि) विभिन्न प्रयोजनको लागि यस्तो सामानको बिक्रीकर्तालाई सम्पर्क गर्नु पर्दा आवश्यक पर्ने न्यूनतम् सम्पर्क ठेगाना आदि अभिलेख गरिएको कागज वा रेकर्डलाई नै चोरीको महलको २३ नं. को प्रयोजनको कागज मान्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8798 |
|---|---|
| मुद्दाको विषय | पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह |
| निर्णय वर्ष / मिति | 2069/01/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8798 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
