नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8797 · वि.सं. २०६९
नि.नं. 8797 — निवेदकः सिरहा जिल्ला महादेव पोर्ताहा गा.वि.स.वडा नं. २ बस्ने देवनाथ यादव
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फैसला कार्यान्वयनका तामेली निर्णय समेतका कामकारवाहीलाई मुद्दाको रूपमा नभई केवल रीत वा वेरीतको कसीमा मात्र दण्ड सजायको ६१ नं. र अ.वं. १७ अनुरूप हेरिने हो । फैसला कार्यान्वयन गर्ने भन्दैमा कानूनद्वारा निर्धारित रीत र प्रक्रियाप्रतिकूल गर्नुपर्छ भन्न नहुने । (प्रकरण नं.२) § कानूनबमोजिम म्याद समेत नघाई प्रवेश गरेको यकीन भएमा चुनौती दिइएका विषयवस्तुमा प्रवेश नगर्न सकिन्छ । चुनौती दिने व्यक्ति सरोकारवाला देखिएन भने पनि विषयवस्तुमा प्रवेश गर्न आवश्यक छैन । अन्यथा उजूरी वा दरखास्त वा निवेदनमा उठाइएका प्रश्नहरूमा प्रवेश गरी अदालतले कानूनको परिधिमा रही यथोचित् निर्णय दिनुपर्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको सन्दर्भमा गरिने तामेलीको आदेश वा निर्णय मुद्दामा गरिने फैसला वा निर्णय सरह होइन । मुद्दाका निर्णयलाई अ.वं. १७ नं. ले बदर गर्न नसक्ने । § फैसला कार्यान्वयनको कामकारवाही स्वरूप तहसीलदारले गर्ने तामेलीको निर्णय न्यायिक कार्य नभई एक किसिमको प्रशासकीय कार्य भएकाले यस कार्यमा प्रक्रिया वा रीत नपुगेको प्रश्न मात्र सान्दर्भिक हुन्छ । सरोकारवालाले खोज्ने उपचारका विधिसम्मत् मार्ग दण्ड सजायका ६१ नं. र सो पश्चात् अ.वं. १७ नं. नै हुने । § दण्ड सजायको ६१ नं. ले नै अ.वं. १७ नं. को उपचार औँल्याई, यसलाई दुई महिनाभित्र किनारा गर्नुपर्ने मार्गनिर्देशन गरेबाट पनि फैसला कार्यान्वयनमा तदारूकताको अपेक्षा विधिकर्ताले राखेको छ भन्ने अर्थमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8797 |
|---|---|
| मुद्दाको विषय | निवेदकः सिरहा जिल्ला महादेव पोर्ताहा गा.वि.स.वडा नं. २ बस्ने देवनाथ यादव |
| निर्णय वर्ष / मिति | 2069/02/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8797 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
