नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8793 · वि.सं. २०६९
नि.नं. 8793 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ठगी गर्ने र ठगिनेका बीचमा भएको भाखाको तमसुकको लिखतले अन्यथा फौजदारी प्रकृतिको दायित्वलाई देवानी दायित्वमा परिणत गरी जरीवाना तथा कैदको सजायबाट उन्मुक्ति दिने भएकोले भाखाको तमसुक भनिएको उक्त लिखतलाई अन्य कानूनी मान्यता प्राप्त तमसुक सरह स्वतन्त्र रुपमा अदालतले मान्यता दिने र यस्तो लिखतलाई कानूनी रुपमा मान्यता दिई चलन चलाउन सकिने प्रकृतिको हुनुपर्ने भएकाले भाखाको तमसुकले अन्य देवानी दायित्व सिर्जना गर्ने लिखत सरह कानूनी मान्यता प्राप्त गर्नको लागि यस्तो लिखतमा न्यूनतम् निम्न चार तत्वहरू विद्यमान भएको हुनुपर्नेः o ठगिने र ठग्ने दुवै पक्षको प्रत्यक्ष उपस्थितिमा दुवै पक्षबीच रीतपूर्वकको कागज भएको हुनुपर्ने । o कुनै तेस्रो पक्षको हस्तक्षेपविना स्वेच्छापूर्वक दुवै पक्षको सहमतिमा भएको हुनुपर्ने । o निश्चित् समयमा तिर्ने बुझाउने शर्त र रकम खुलेको भाखा तमसुक हुनुपर्ने । o भाखाको तमसुक भनिएको लिखतबाट साहू र असामीबीचको सम्बन्ध स्थापित भएको देखिनुपर्ने र यस्तो लिखतलाई अदालतबाट प्रचलन गराउन सकिने प्रकृतिको हुनुपर्ने । (प्रकरण नं.४) § तेस्रो पक्ष अर्थात् जिल्ला प्रशासन कार्यालयले आफूसमक्ष उजूरी परेपछि सोको टुंगो लगाउने र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा हस्तक्षेप गरी गराएको कागज स्वेच्छापूर्वक दुवैको बीच साहू असामीको सम्बन्ध स्थापित गर्ने सहमतिमा तयार भएको हो भनी मान्न नमिल्ने । § कागज गराउने कानूनी अख्तियार जिल्ला प्रशासन कार्यालयलाई नभएको र त्यस्तो कागजकै आधारमा लेनदेन व्यवहारको महलको व्यवस्थाअनुसार साहू असामीको सम्बन्ध समेत सिर्जना नहुने हुंदा यस्तो लिखतलाई कुनै लेनदेनको तमसुक वा लेनदेनको रकम तिर्ने बुझाउने भाखाको लिखत सरह मुलुकी ऐन लेनदेन व्यवहारको महलमा व्यवस्था भएअनुसार अदालती प्रक्रियाबाट प्रचलन गराउन वा चलन चलाउन सकिने प्रकृतिको कागजात भन्न सकिने अवस्था नदेखिँदा पीडितहरू अदालतमा प्रवेश गर्न सक्ने अवस्था समेत नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8793 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2068/12/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | २०६४-CR-०५०९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8793 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
