नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8792 · वि.सं. २०६९
नि.नं. 8792 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
· मुद्दामा कुनै पक्षलाई तारिख तोकिनुको उद्देश्य सम्बन्धित पक्षलाई सुनुवाईको मौका दिनु र मुद्दाको कारवाही वारे अवगत गराउनु रहेको हुन्छ । मुद्दामा भैरहेको कारवाही बारे निजलाई तारिख तोकिएको दिन जानकारी हुने हुँदा सोभन्दा अगाडि नै असर पर्ने गरी मुद्दामा कारवाही गर्नु न्यायसंगत नहुनुका साथै कार्यविधिगत त्रुटि समेत हुन जाने । · मुद्दाको एउटा पक्षलाई तारिख तोकिएको अवस्थामा सोभन्दा अगाडि नै अर्को पक्षको निवेदनमाथि सुनुवाई गरी आदेश गर्नु कानूनसम्मत् नहुने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8792 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2068/08/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8792 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
