नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8788 · वि.सं. २०६९

नि.नं. 8788 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लिखतमा बकसपत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बण्डा नलाग्ने प्रकृतिमा पर्ने होइन । तर बकसपत्र दाता र प्राप्तकर्ताको सम्बन्ध, बकसपत्र दिनुपर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्न पर्ने हुन्छ । सो बकसपत्रको लिखत गर्दा राजीनामा सरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बण्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बण्डा हुन सक्ने । § सगोलकै सम्पत्ति लगानी गरी श्रीमतीका नाममा बकसपत्र गर्न जालसाजीयुक्त व्यवहार गरेको जिकीर प्रमाणबाट पुष्टि भएको स्थितिमा बकस पत्र शब्द लेखिँदैमा सोमा उल्लिखित सम्पत्ति बण्डा लाग्दैन भन्न नसकिने । (प्रकरण नं.२) § सगोलको अवस्थामा राजीनामा पारीत गराई लिएको उक्त घर जग्गालाई निजी ज्ञान सीपवाट आर्जन गरिएको सम्पत्ति हो भनी जिकीर मात्रको आधारमा अनुमान गर्न मिल्दैन । निजले निजी ज्ञान सीपबाट आर्जन गरी खरीद गरेको भने पनि वस्तुनिष्ठ प्रमाणको अभावमा एकासगोलमा रहेका कुनै अंशियारको नाममा रहेको तथा खरीद गरेको सम्पत्तिमा सबै अंशियारको समान हक लाग्ने । (प्रकरण नं.३) § एकासगोलमा रहे बसेको अवस्थामा कुनै अंशियारले अर्को अंशियारलाई सगोलको पैतृक सम्पत्तिको हक हस्तान्तरण गर्दैमा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हकाधिकार समाप्त हुन्छ भन्न नमिल्ने । § एकासगोलका अन्य अंशियारको अंश हकमा असर पर्ने गरी हक हस्तान्तरण गर्दैमा सगोलका अन्य अंशियारहरूको हक अधिकारमाथि प्रतिकूल असर पर्न सक्दैन । साथै आमा वावुका नाममा जुनसुकै स्रोतवाट आएको सम्पत्ति निजहरूका सन्तान अर्थात् दोस्रो तहमा अंशियार छोरा छोरीका लागि पैतृक सम्पत्ति नै मान्नुपर्ने र त्यसमा छोरा छोरीलाई बण्डा हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8788
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2068/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६७-CI-१५९८ | २०६८-CI-०४२०
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8788
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्