नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8784 · वि.सं. २०६९
नि.नं. 8784 — गैंडा मारी खाग बिक्री
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै परीक्षण नगराएको अवस्थामा मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान समेतका सबूद प्रमाणका आधारमा कसूर कायम भई दोषी करार भइसकेपछि पुनरावेदन तहमा शुरु मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयानको सत्यतामा प्रश्न उठाई सो साविती आफूले दिएको होइन भन्ने जिकीर लिएकै आधारमा मात्र अदालतले साविती बयानको सत्यताउपर अनावश्यक शंका गरी अन्यथा निष्कर्ष निकाल्नेतर्फ विचार गरिरहनु नपर्ने । (प्रकरण नं.६) § अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको आफ्नो साविती बयानको तथ्यलाई स्वीकारै गरेको र सो साविती बयान लिँदाको अवस्थामा यातना दिएको भन्ने कुरालाई मात्र विशेष रुपमा उठाई सो साविती प्रमाण ग्राह्य छैन भनी जिकीर लिए तापनि त्यस्तो यातना वा कुटपीट प्रमाणबाट पुष्टि नभएसम्म मुद्दा हेर्ने स्वतन्त्र निकायसमक्ष भएको साविती बयान निज विरुद्धको बलियो प्रमाणको रुपमा रहिरहने । (प्रकरण नं.७) § संगठित अपराधमा संलग्न प्रतिवादीहरूको कसूरलाई कुनै एउटा एक्लो वारदात वा घटनासँग मात्र जोडी निरपेक्ष ढंगबाट हेर्नु भन्दा सो वारदातबाट प्रतिवादीहरूले हासिल गर्न चाहेको निहीत उद्देश्य वा सो वारदातको दूरगामी असरलाई हेर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त वा वाञ्छनीय हुने । § वारदात घटाई खाग काटी त्यसलाई बिक्री गरी प्राप्त गरेको रकम बराबरी रुपमा बाँडी खाएको स्थितिमा प्रतिवादीहरूको समान प्रकृतिको संलग्नता रहेको मान्नुपर्ने । § राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को प्रतिबन्धात्मक वाक्यांशले गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्ति र सोको मतियारलाई समान सजाय हुने व्यवस्था गरेको अवस्थामा मुख्य अभियुक्त र अन्य अभियुक्तको हकमा बेग्लाबेग्लै सजाय हुने अवस्था नदेखिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8784 |
|---|---|
| मुद्दाको विषय | गैंडा मारी खाग बिक्री |
| निर्णय वर्ष / मिति | 2068/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६५-CR-०७१८ | ०६६-CR-००११ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8784 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
