नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8779 · वि.सं. २०६९

नि.नं. 8779 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पद वा दरवन्दी दुर्गम क्षेत्रमा नभएको अवस्थामा स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६(३) को व्यवस्थाले असमान व्यवहार गरेको परिणाम निस्कने गरी स्वास्थ्य सेवाका अन्य समूहका कर्मचारीहरू सरह समान आधारमा बढुवा हुन पाउने हकमा अनुचित तवरबाट बन्देज लगाएको देखिने । (प्रकरण नं.७) § दुर्गम क्षेत्रमा कुनै पद वा दरबन्दी नै नरहेको कारण दफा २६ को प्रतिबन्धात्मक वाक्याँशको खण्ड (३) को व्यवस्था असमान रहेको देखिन आएको भए तापनि दुर्गम क्षेत्रमा पद वा दरबन्दी रहेको अन्य तह वा समूहहरूको सम्बन्धमा उक्त व्यवस्थालाई असमान र भेदभावपूर्ण भन्न नसकिने । § कानूनी व्यवस्था मात्रको कारण कानूनबमोजिम बढुवा हुन पाउने हक अवरुद्ध भएको अवस्थामा फार्मेसी समूहलगायत दुर्गम क्षेत्रमा पद वा दरबन्दी नै नरहेको अन्य तह वा पदहरूमा कार्यरत् कर्मचारीहरूको बढुवाका सम्बन्धमा खण्ड (३) को उक्त व्यवस्था लागू नहुने गरी उचित कानूनी व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8779
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/10/19
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६६-WS-००१३
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्