नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8778 · वि.सं. २०६९
नि.नं. 8778 — उत्प्रेषण परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तल्लो श्रेणी वा पदबाट माथिल्लो श्रेणी वा पदमा बढुवा भएपछि साविकको श्रेणी वा पदभन्दा बढुवा भएको श्रेणी वा पदअनुरूपको थप जिम्मेवारीका साथै थप सेवा सुविधा नहुने अवस्था रहिरहने हो भने बढुवा वा पदोन्नतिसम्बन्धी अवधारणाको कुनै महत्व रहन नसक्ने । (प्रकरण नं.३) § राष्ट्रसेवक कर्मचारीलगायत शिक्षकहरूको तलबमान निर्धारण गर्ने अन्तिम जिम्मेवारी मन्त्रिपरिषद्कै हुनेमा कुनै द्विविधा हुन सक्तैन । सो अनुरूप तलवमान निर्धारण गर्दा शिक्षकहरूको हकमा पनि शिक्षा नियमावली, २०५९ को नियम १०२ ले गरेको व्यवस्थासँग प्रतिकूल हुने खालको तलबमान निर्धारण गर्न नसकिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8778 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश |
| निर्णय वर्ष / मिति | 2068/12/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बलराम के.सी.को राय | माननीय न्यायाधीश श्री गौरी ढकालको राय | माननीय न्यायाधीश श्री बलराम के.सी.ले व्यक्त गर्नु भएको राय मनासिव हुँदा सोही राय सदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री गौरी ढकालले व्यक्त गरेको राय मनासिब छ भन्ने बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री बलराम के.सी.ले व्यक्त गर्नु भएको राय मनासिब हुँदा सोही राय कायम हुन्छ |
| मुद्दा नं. | २०६७-WF-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8778 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
