नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8777 · वि.सं. २०६९
नि.नं. 8777 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मनासिव शर्त तोक्ने गरी बनाइएको कानूनले पेशा रोजगार गर्ने स्वतन्त्रतामा अनुचित बन्देज लगाएको मान्न मिल्दैन । तर, संविधानद्वारा निर्दिष्ट गरिएको मनासिव नियन्त्रणको परिधि नाघेर राज्यबाट जथाभावी र स्वेच्छाचारी ढंगले नागरिकको संविधानप्रदत्त पेशा व्यवसायको स्वतन्त्रतामा बन्देज लगाउने वा नियन्त्रण गर्ने गरी शर्तयुक्त कानून बनाउन पाउने छूट छैन । संविधानले प्रदान गरेको नागरिक स्वतन्त्रता (Civil Liberties) मा अनुचित बन्देज वा अङ्कुश लगाउने गरी बनाइएको कानून असंवैधानिक हुने हुँदा संविधानको धारा १०७(१) बमोजिम अमान्य र बदरयोग्य हुने । (प्रकरण नं.३) § पेशागत संगठनको हैसियतबाट कुनै समिति विशेषमा प्रतिनिधित्व गराइनुबाट नेपाल निर्माण व्यवसायी महासंघलाई विशेष कानूनी शक्ति प्राप्त भएको भन्न मिल्दैन । उक्त प्रतिनिधित्व जुन कामको लागि गराइएको छ सोही प्रयोजनका लागिसम्म सीमित रहने । (प्रकरण नं.७) § ऐनमा नरहेको वा ऐनले अख्तियारी प्रदान नगरेको थप व्यवस्था नियममा राख्न पाइने होइन । ऐनले गरेको व्यवस्था कार्यान्वयन गर्नका लागि ऐनले प्रदान गरेको अधिकारको सीमाभित्र रही नियम बनाउन पाइने र नियमन गर्न सकिने हो । नियमन र नियन्त्रणको नाममा अनधिकृत निकाय वा व्यक्तिलाई सो अधिकार प्रदान गर्न नमिल्ने । (प्रकरण नं.८) § पेशागत हकहित संरक्षणको लागि गठन भएको एउटा संस्थाले यससँग आबद्ध निर्माण व्यवसायीहरू माथि अनुचित नियन्त्रण लगाउन पाउने होइन । अनुचित नियन्त्रण लगाउन सक्ने गरी कुनै कानूनले पनि अधिकार प्रदान नगरेकोले इजाजतपत्र नवीकरणका लागि दिइने दरखास्तको ढाँचामा नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता लिनुपर्ने र नवीकरण गर्नुपर्ने थप शर्त राख्नु कानूनसम्मत् एवं संवैधानिक नहुने । (प्रकरण नं.९) § निर्माण व्यवसायीले आफ्नो इजाजतपत्र नवीकरण गर्दा निर्माण व्यवसायी महासंघको सदस्यता अनिवार्य रुपले लिएको हुनुपर्ने र सो सदस्यता नवीकरण गराएको हुनुपर्ने गरी निर्माण व्यवसाय नियमावली, २०५६ को अनुसूची ५ को क्रमसंख्या ५ को खण्ड (क) र (ख) राखिएको देखिन आएकोले उक्त विवादित खण्ड (क) र (ख) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च) सँग बाझिएको देखिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8777 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2068/10/05 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६६-WS-००३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8777 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
