नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8774 · वि.सं. २०६९

नि.नं. 8774 — घर उठाई खिचोला मेटाई चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कसैले कुनै सम्पत्ति आफ्नो भन्ने हैसियतमा निरन्तररुपमा भोग गरिरहेको हुन्छ र त्यसउपर वैध स्वामित्ववालाले थाहा पाएर पनि त्यस्तो भोगलाई मौन सम्मति प्रदान गर्दछ भने त्यसबाट भोगकर्ताको भोगाधिकार सिर्जना हुनसक्ने । § बलपूर्वक, चोरी क्रिया, अनुरोध वा विशेष आग्रहको अभावमा अर्काको जग्गामा दीर्घ भोग नै वास्तविक प्रतिकूल भोग (Adverse Possession) को स्थापित आधार हो भनी मान्न सकिन्छ । प्रतिकूल भोग स्थापित गर्न भोगको अटुट निरन्तरता परम आवश्यक तत्व मानिने । (प्रकरण नं.५) § ४० औ वर्षदेखि घर बनाई भोग चलन गरी आएकोमा सो जग्गाबाट घर उठाई पाऊँ भनी समयमा नै कानूनी उपचारमा नआई जग्गाको भोगचलनलाई मौन सम्मति प्रदान गरेको अवस्थामा केवल २०६० सालमा मात्र आफ्नो जग्गामा खिचोला गरी घर बनाई बसोबास गरेको भन्ने कथन ठोस प्रमाणबाट पुष्टि हुन नसक्ने । (प्रकरण नं.४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8774
मुद्दाको विषयघर उठाई खिचोला मेटाई चलन
निर्णय वर्ष / मिति2067/07/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8774
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्