नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8772 · वि.सं. २०६९

नि.नं. 8772 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन, अ.वं. ६२(५) नं. ले तारिखमा उपस्थित हुनुपर्ने व्यक्ति बाटो बन्द भई हाजिर हुन नसके बाटो खुलेको मितिले १० दिनभित्र हाजिर भई थाम्न पाउने व्यवस्था भएको र अ.वं. ५९ नं. मा आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा म्याद तारिख गुज्रेमा थमाउने व्यवस्था भई अलग अलग परिस्थितिमा गुज्रेको तारिख थाम्न थमाउन पाउने गरी अलग–अलग सुविधा ऐनले प्रदान गरेको अबस्थामा अ.वं. ६२(५) नं. बमोजिम गुज्रेको तारिख नथमाई अ.वं. ५९ नं. बमोजिम गुज्रेको तारिख थमाउन नमिल्ने वा अ.वं. ५९ नं. र अ.बं. ६२(५) नं. को सुविधा एकसाथ नपाउने भन्न नमिल्ने । (प्रकरण नं.५) § पक्षले कानूनबमोजिम प्राप्त गर्नसक्ने अलग–अलग सुविधामध्ये एउटा प्रयोग नगरी अर्को प्रयोग गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8772
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2068/12/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
मुद्दा नं.२०६७-WO-०६३२
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8772
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्